दफा १६३
हक हस्तान्तरण स्वतः बदर हुने

माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको अचल सम्पत्ति त्यस्तो व्यक्तिको हक मेट्ने दुराशयले आफ्नो वा आफ्नो परिवारका कुनै सदस्यको नाममा बिक्री गरेमा वा त्यस्ता व्यक्तिका नाममा कुनै किसिमले हक हस्तान्तरण हुन आएमा त्यस्तो हक हस्तान्तरण स्वतः बदर हुनेछ ।